सामाजिक सञ्जाल फेसबुक अहिले आम जनमानसमा धेरै लोकप्रिय बन्दै गएका बेला फेसबुकमाथि गलत किसिमले डाटा प्रयोग गरेर सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा परेको खबर बाहिरिएका छन् ।
सोशल मिडिया कम्पनी फेसबुक (मेटा) माथि ४.४ करोडभन्दा बढी यूजर्सको डेटा गलत तरिकाले प्रयोग गरेको आरोप लागेको छ । गलत तरिकाले डाटा प्रयोग गरेर अर्बौँ सम्पत्ति कमाएको फेसबुकलाई आरोप लागेको हो ।
करोडभन्दा बढी यूजर्सको कम्पनीले नाजायज सर्त राखेर उनीहरुको निजी डेटा सेयर गरेर अर्बौ डलर सम्पत्ति कमाएको आरोप छ ।
यसलाई लिएर कम्पनीका विरुद्धमा बेलायतमा ३२ करोड डलरको मुद्धा दर्ता गरिएको छ । बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) का वरिष्ठ सल्लाहकार लिजा लवडाल गोर्मसनले ती पीडितको तर्फबाट मुद्दा दर्ता गरेका हुन् ।
जसले सन् २०१५ देखि २०१९ को बीचमा फेसबुकको प्रयोग गरेका थिए । लन्डनको कम्पिटिसन अपिल ट्रिब्यूनलले यो मुृद्दााको सुनुवाई गर्नेछ । – एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।