माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका खानेकुरा खाने चलन छ। चिसोमा यस्ता खानेकुराले शरीरलाई तातो र तागत दिन्छ।
माघे सङ्क्रान्तिमा चाकु खाने हामि नेपालीको चलन नै छ । तर चाकुका फाइदाहरू तपाईँलाई थाहा नभएको हुन सक्छ । आज हामी चाकुका फाइदाका बिषयमा चर्चा गर्दै छौ ।
चाकुका के फाइदा छन्?
-सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ।
-चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ।
-चाकु खाँदा शरीरको रोगसँग लड्नसक्ने क्षमता विकास गर्न मद्दत पुर्याउँछ।
-बालबालिकालाई चिनीको सट्टामा चाकु वा सक्खर दिन सके धेरै राम्रो हुन्छ।
-जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउन सके उनीहरुलाई चिसोबाट जोगाउन सकिन्छ।
-चाकुको सेवनले पाचन प्रणाली पनि बलियो हुने हुँदा जाडो मौसममा चाकु खाँदा खाना अपच हुने समस्याबाट राहत मिल्छ।
-दैनिक रुपमा चाकुको सेवन गर्नाले शरीरमा उर्जा र शक्ति प्रदान गर्छ।