मुला यति स्वास्थ्य-मैत्री खाना हो, जसले एक होइन, अनेक लाभ दिन्छ । खासगरी पाचन प्रणालीमा यसको अहंम भूमिका रहन्छ ।
मुला बहुगुणी मात्र होइन, बहुउपयोगी पनि छ । यसलाई तपाईं अचार बनाएर खान सक्नुहुनेछ, तरकारी बनाएर खान सक्नुहुनेछ, सलादको रुपमा खान सक्नुहुनेछ । अरु विभिन्न परिकारमा मिश्रण गरेर खान सक्नुहुनेछ ।
आधुनिक जीवनशैलीका कारण मानिसहरु जंकफुड, चिल्लो, पिरो, तारेको तथा भुटेको खानेकुरातिर आर्कषित हुँदै गएका छन् । यस्ता खानेकुरालेे पेट सम्बन्धि समस्या निम्त्याउनुका साथै उच्च रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह, मोटोपना, मुटु रोग, क्यान्सर, लगायतका दिर्घकालीन रोग निम्त्याउने गर्दछ ।
यस्ता समस्याबाट बच्नका लागि ताजा एवं स्वस्थ खानपान जरुरी छ । स्वस्थ खानपान विशेषगरी फलफुल, तरकारी हरिया साजसब्जी लगायतबाट पाइन्छ ।
खानामा हरिया सागसब्जी, गेडागुडी तथा सलादको मात्रा बढाएर पनि शरीरलाई आवश्यक पर्ने पोषणतत्व प्रदान गर्न सकिन्छ । सलादमा पनि विशेषगरी गाजर, मुला, काक्रो, टमाटरलाई विशेष स्थान दिन सकिन्छ ।
तर, मुलाबाट आउने दुर्गन्धका कारण मानिसहरु मुलाको नाम लिनासाथ सात कोष पर भाग्छन् । उनीहरु न त मुलाको तरकारी खान मनपराउँछन् । न त मुलालाई सलादकै रुपमा प्रयोग गर्छन् । काच्चै खान त परै जाओस् । सलादमै पनि कसैकसैले मुला राखेको छ भने पनि त्यसलाई पन्छाउने गर्छन् ।
जबकी हामीले सलादको रुपमा प्रयोग गर्ने मुलामा भिटामिन्स, फोलिक एसिड तथा एन्थोस्यानिन्स प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई राम्रोसित काम गर्नमा मद्दत गर्नुका साथै अन्य थुप्रै फाइदा पुर्याउँछ ।
मुलाका फाइदा
-पाइल्सको समस्या कम गर्छ
-वजन घटाउँछ
-मांसपेशी मजबुत बनाउँछ
-कलेजो स्वस्थ राख्छ
-प्रतिरोधी क्षमता बढाउँछ