मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

यसरी गर्न सकिन्छ मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार


  • KTM Khabar
  • बिहिबार, पुष २९ २०७८
4.4K
SHARES

फाइल तस्विर

चिसो मौसम सुरु भएसँगै भाइरस वा विषाणुले हुने ज्वरो फैलिने गर्दछ । यो बेला ज्वरो, रुघाखोकी साना ठूला सबैलाई आउन सक्छ।

यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै यसले हानि हुन सक्छ। सकेसम्म परापूर्व कालदेखि गर्दै आइएको र अत्यन्त फलदायी आयुर्वेद जडीबुटीबाट नै यसलाई निको पार्न सकिन्छ ।

घरैमा पूर्ण आराम गर्ने, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ, तुलसी राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ।

सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आउञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।

रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले पनि धेरै नै लाभ हुन्छ।

ज्वरो आयो भन्दैमा एकचोटी आफूखुशी औषधि नखाएको राम्रो । गाह्रो भयो भने चिकित्सकको सल्लाह बमोजिम औषधिको सेवन गर्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा