हाम्रो घर आगनमा सजिलै जडीबुटी हरू पाइन्छन् । कति हामीले चिनेर पनि त्यसको उपयोगिता हामीलाई थाहै नहुन पनि सक्छ । नेपालको जडीबुटी मुलुकको सम्पत्ति समेत हो भनेर भन्ने गरिन्छ ।
पछिल्लो पुस्ता यसबाट अनविज्ञ मात्र छैन । यसप्रति पुरै उपेक्षा गरेर अघि बढेको छ । तर, आफैमा सुगन्ध बोकेर सुगन्धको खोजीमा दौडिएको कस्तरीझै भएका हामी आफ्नै परम्परागत विधिमा फर्कनुको विकल्प छैन ।
किनभने हाम्रा बारीका कान्लाहरुमा उम्रने, बढ्ने र हुर्कने हरेक झारपातमा औषधिको महत्व छ । आवश्यक यति मात्र हो कि त्यसको पहिचान र प्रवर्द्धन हुन सकेको छैन । त्यस्तै तपाईकै बारीका कान्लामा रहेका केही झारपातको महत्व यहाँ उल्लेख गरिएको छ।
तुलसी : ज्वरो, रुघा, खोकी, क्यान्सर आदि रोगमा उपयोगी हुन्छ।
निम : छाला, रगत र दाँतसम्बन्धी रोगमा फाइदाजनक मानिन्छ।
बेसार : क्यान्सर, घाउचोट, रक्त विकार आदिमा प्रयोग गर्न सकिन्छ।
अमला : आँखा, पेट, शारीरिक कमजोरी एवं केशसम्बन्धी समस्यामा उपयोगी हुन्छ।
जामुन : मधुमेह, दाँत, मुख, घाँटी आदिको समस्यामा प्रयोग गर्दा पर्याप्त फाइदा हुन्छ।
अम्बा : मुखको घाउका साथे घाँटी, दाँत एवं पेटको रोगमा लाभ लिन सकिन्छ।
पत्थरचट्टा : पत्थरी तथा पिसाबसम्बन्धी समस्यामा प्रयोग गर्न सकिन्छ।
बेल : मधुमेह, उच्च रक्तचाप, गर्मी आदि समस्यामा उपयोगी हुन्छ।
अदुवा : दम, रुघाखोकी, जन्डिस, जोर्नीको पीडा आदिमा प्रयोग गर्नु फाइदाजनक हुन्छ।
प्याज : आँखा, कानका साथे गर्मीको समस्यामा लाभदायक मानिन्छ।
घोडताप्रे : तनाव, अनिन्द्रा एवं मस्तिष्कसम्बन्धी समस्यामा उपयोगी हुन्छ। – एजेन्सीको सहयोगमा