बिहान उठ्नेे बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त हुन्छन् । जाडोमा दिउँसो बिहान उठ्नेे बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त छन् । जाडोमा दिउँसो समेत ग्रीन टी खानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । कतिपय व्यक्तिहरु त डाइटिङका लागि समेत ग्रीन टीको सेवन गर्ने बताउँछन् ।
अहिले नेपाली समाजमा पनि ग्रीन टि पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टिमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टिमा रस भिज्न अलि समय लाग्छ ।
धेरैजसो बलिउड सेलिब्रेटी नियमित रुपमा ग्रीन टि पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि । कति नेपाली सेलिव्रेटीले पनि यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका छन् ।
पछिल्लो समय विश्वबजारमा ग्रीनटीको माग बढीरहेको छ । ग्रीनटी विशेषगरी स्वस्थ्यका हिसाबले पनि फाइदा जनक भएकै कारण ग्रीनटीको माग बढेको हो । एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टि । यो एन्टी अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टिमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ग्रीनटीका सात फाईदा यस्तो छः
१. ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।२. मधुमेह हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको
मात्रा पनि कम गराउँछ ।
३. एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको सेललाई टुट्नबाट बचाउँछ, यसले अलजाइमर र पार्किन्सनको खतरा कम हुन्छ ।
४. ग्रिन टीमा केटेचिन नामको एन्टिअक्साइड हुन्छ, जसले घाँटी तथा दाँतमा हुने संक्रमणबाट बचाउँछ ।
५. यसले अनावश्यक तनावबाट मुक्ति दिन्छ ।
६. ग्रिन टीले अनुहारमा सौन्दर्य थप्छ र चकम दिलाउँछ ।
७. यसले ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।