शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

योगी आदित्यनाथले भने, ‘हिन्दुको घर जले मुसलमानको सुरक्षित होला त ?’


  • सोमबार, पुष २६ २०७८
14.4K
SHARES

फाईल तस्बिर

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले १० फेब्रुअरीबाट मतदान सुरु हुने विधानसभा चुनाव ८० भर्सेस २० को हुने बताएका छन् । एक समाचार च्यानलको कार्यक्रममा उनले भने, ‘८० प्रतिशत समर्थन एकातिर हुने र २० प्रतिशत समर्थन दोस्रो तर्फ हुनेछ । मलाई लाग्छ कि ८० प्रतिशत सकारात्मक ऊर्जाका साथ अघि बढ्नेछ । २० प्रतिशतले सधैँ विरोध गरेका छन्, विरोध गर्नेछन् । तर सत्ता बिजेपीकै आउनेछ ।’

योगी आदित्यनाथले थपेका छन्, ‘जो किसान विरोधी हुन्, उनीहरुका विकास विरोधी हुन् । गुण्डा, माफियालाई साथ दिन्छन्, उनीहरु २० प्रतिशत विपक्षको साथमा छन् । ’

कांग्रेस प्रवक्ता सुरेन्द्र राजपूतले यो बयानको आलोचना गरेका छन् । उनले एक टिभी च्यानलसँगको कुराकानीमा भनेका छन्, ‘साम्प्रदायिक ताण्डव गर्नेहरुलाई उत्तर प्रदेशको जनताले कहिल्यै सहने छैन ।’

अर्को एउटा टिभी च्यानलसँग योगी आदित्यनाथले मथुराको कुरा गर्दै भनेका छन्, ‘जोसँग क्षमता छ, उसैले मथुरा बनाउनेछ ।

यसबारे उनले थपे, ‘हामीमा दम छ । हामीले अयोध्यामा जनभावना अनुरुप भव्य रामको मन्दिर बनायौँ । हामीले जे भन्यौँ त्यो गरेर देखायौँ । ’

उनले थपे, ‘यो कट्टरवाद होइन । यो आफ्नो अतितको गौरवशाली परम्पराको पुनर्स्थापनाको एउटा अभियान हो । ’उनका अनुसार उनको पाँच वर्षको सरकारमा हिन्दु वा मुसलमान वा अन्य व्यक्ति जो कुनै पन्थसँग सम्बन्धित छन्, उनीहरु सबै सुरक्षित छन् ।

यसबारे उनले थपे, ‘दङ्गा जब हुन्छ, यदि हिन्दुको घर जल्छ भने मुसलमानको घर सुरक्षित हुन्छ र ? यदि हिन्दुको घर सुरक्षित छ भने मुसलमानको घर पनि सुरक्षित छ । ’

उत्तर प्रदेशमा विधानसभा चुनावका लागि १० फेब्रुअरीदेखि मतदान सुरु हुनेछ । राज्यमा सात चरणमा मतदान हुनेछ । भोटको गन्ती १० मार्चमा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा