शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दिल्ली प्रहरीका ३ सय बढी प्रहरी सङ्क्रमित


  • सोमबार, पुष २६ २०७८
16.4K
SHARES

फाईल तस्बिर

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच दिल्ली प्रहरीका ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको पाइएको छ । यसमा दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी र क्राइम ब्राञ्चका एसपी पनि सामेल छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार वरिष्ठ अधिकारीले ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको र फोर्सभन्दा अलग युनिटबाट रहेको र हाल क्वारेन्टिनमा रहेको बताएका छन् । दिल्ली प्रहरीमा हाल ८० हजार प्रहरी रहेका छन् ।

हालैमात्र दिल्ली प्रहरीका कमिस्नर राकेश अस्थानाले प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन स्ट्यान्डर्ड अपरेटिङ प्रासिजर जारी गरेका थिए । त्यसमा प्रहरी फ्रन्टलाइनमा काम गर्ने र जनताको बीचमा सेवा दिने भएकाले कोरोनाबाट बच्न सुरक्षाका कदम अपनाउन भनिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा