शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

हरिणमा पनि सर्‍यो मानिसबाट कोरोना


  • सोमबार, पुष १९ २०७८
8.6K
SHARES

फाइल तस्विर

संयुक्त राज्य अमेरिकाका केहि राज्यमा मानिसबाट हरिणमा कोभिड १९ सरेको प्रमाण भेटिएको पछिल्ला केहि अध्ययनले देखाएका छन् । अध्ययनका अनुसार नमुना लिइएका मध्ये करिब एक तिहाई हरिणमा सक्रिय वा प्रारम्भिक संक्रमण भएको पाइएको छ ।

वैज्ञानिकहरुले ओहाइयो राज्यमा सेता पुच्छर भएका हरिणका नाकको स्वाब परीक्षण गरेपछि कम्तिमा छ पटक मानिसले तिनीहरुलाई कोरोना भाइरस सारेको प्रमाण फेला पारेको गतसाता नेचरमा प्रकाशित अध्ययनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आइओवामा सडक दुर्घटनामा मारिएका तथा शिकार गरिएका हरिणका शरीरमा गरिएका अनुसन्धानमा पनि व्यापक रुपमा भाइरस फैलिएको प्रमाण फेला पारिएको छ । पत्ता लागेका यी तथ्यहरुले महामारीको पथलाई अझै जटिल बनाउन सक्ने बताइएको छ ।

अमेरिकामा स्वतन्त्र विचरण गर्ने यो प्रजातिको संख्या करिव तीन करोड रहेको छ । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा