शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कुन उमेरकाले हप्तामा कति पटक यौन सम्पर्क गर्छन्?


  • आइतबार, पुष १८ २०७८
11.5K
SHARES

संकेत तस्बिर

कुनैपनि दम्पती तथा जोडीबीचको नितान्त निजी मामिला हो सेक्स अर्थात यौनसम्पर्क । त्यसैले कतिपटक हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक नहोला । साथै यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुची, अवस्था, बाताबरण, उमेर, स्वास्थ्य आदिको प्रभाव पर्न सक्छ । त्यसैले सेक्स कतिपटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटिक उत्तर दिन सकिदैन।

तर हालै गरिएको एक अनुसन्धानबाट अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन्। अनुसन्धानले बर्षमा ११२ पटक यौनसम्पर्कलाई सामान्य मानेको छ । अर्थात लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिने अनुसन्धानको निष्कर्ष छ । ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइने पनि अनुसन्धानकर्ताहरुको भनाई छ।

उमेर बढेसंगै यौन क्रियाकलापमा समेत कमि हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानले यौन सम्पर्कमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।

तर छुटाउनै नहुने कुरा के हो भने, यौन सम्पर्क नितान्त निजी मामिला हो । यसमा निजी रुची, चाहना, बातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्दछ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्दछ । कोही यौवन अवस्थाको व्यक्तिले सोचेँ अनुसार सेक्स गर्न सक्दैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा