शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु


  • आइतबार, पुष १८ २०७८
9K
SHARES

संकेत तस्बिर

अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् ।

पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकाण्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो ।

मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ । नयाँ वर्षको पार्टी चलिरहेको बेलामा गोली चलेको बताइएको छ । यसबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा