शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एक दिनमा पानी कति पिउने ?


  • शुक्रबार, पुष १६ २०७८
9.7K
SHARES

फाइल तस्विर

एजेन्सी – पानी स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा हामीलाई थाह नै छ । तर कतिवेला कति मात्रामा पानी पिउने भन्नेकुरा सबैलाई थाह नहुन सक्छ ।

चिकित्सकहरुले सामान्य त प्रत्येक दिन ठूलो गिलासको आठ गिलास पानी पिउन सल्लाह दिने गर्दछन् तर त्यो पानी कतिवेला पिउनु पर्छ भनेर बताएका हुँदैनन ।

कतिवेला पिउने पानी ?

विहान उठनासाथ एक गिलास पानी पिऔँ : विहान उठनासाथ एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले शरीरका अंगहरुलाई क्रियाशिल बनाउँछ ।

खाना खानु भन्दा पहिले एक गिलास पिउँ :
खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिएको राम्रो मानिन्छ । यसले पाचन प्रणालीलाई सहयोग पुरयाउँने विज्ञहरु बताउँछन् ।

खाना खाएपछि एक गिलास पानी पिउँ :
खाना खाएपछि एक गिलास पानी पिएको राम्रो यसले शरीरको पाँचन शक्तिलाई थप सहयोग पुरयाउँछ ।

नुहाउनु भन्दा अघि एक गिलास पानी पिएको राम्रो :
नुहाउनु अघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुनजान्छ । यसैले नुहाउनु अघि पनि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

सुत्नु अघि एक गिलास पानी पिउनु राम्रो :
सुत्नु भन्दा अघि एक गिलास पानी पिउँदा रातीको समयमा शरीरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्छ । त्यसैले सुत्नु अघि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

विज्ञहरुले यो पनि भनेका छन् कि शरीर, बाताबरण, काम अनुसार पनि पानी पिउने मात्रा र समय फेरबदल गर्न सकिन्छ । जस्तै कडा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि ८ गिलास पानी पर्याप्त नहुन सक्छ । गर्मी ठाँउमा बस्ने व्यक्तिका लागि पनि सो मात्रा नमिल्न सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा