शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन


  • बिहिबार, पुष ८ २०७८
8.7K
SHARES

फाईल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् ।

अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन् ।

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले स्वास्थ्यले साथ दिए पुनः राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । सो क्रममा उनले भनेका थिए– ‘हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।’–सिन्ह्वा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा