शनिबार, साउन ९ २०८३
ताजा अपडेट

इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु, दर्जनौ घाइते !


  • मंगलबार, मंसिर २८ २०७८
9.4K
SHARES

फाइल तस्विर

हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रशारित प्रारम्भिक रिपोर्टमा जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह शहर क्याप–हैटियनमा भएको हो ।

घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताउनुभयो । उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका अधिकारीहरूलाई उद्धृत गरी न्यूज–२४ नामक स्थानीय समाचार संस्थाले उल्लेख गरेको छ ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

उक्त विस्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरहरूमा आगलागी भएको अलमोनरले बताए । ती घरहरूमा रहेका मानिसहको सङ्ख्या तत्काल पत्ता लगाउन कठिनाइ भइरहेको उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा