आइतबार, माघ ९ २०७८
ताजा अपडेट

स्वस्थ मुटु राख्न खानै पर्ने खानेकुराहरू..


  • KTM Khabar
  • मंगलबार, मंसिर १४ २०७८
2.4K
SHARES

फाइल तस्विर

मुटु मान शरीरको अभिन्न अङ्ग हो । त्यसैले मुटु रोग लाग्न नदिन खानले ठुलो भूमिका खेलेको हुन्छ । मुटु लाई राम्रो गर्ने खानाका बारेमा आज हामी चर्चा गर्दै छौ ।

१. हरियो सागपात

चम्सुर, पालुङ्गो, लूडे, लट्टे, बेथे, सलादपत्ता, रायो, तोरी, फर्सीको मुन्टा जस्ता हरियो सागपातहरू मुटुरोगका लागि अत्यन्त लाभदायक खानेकुराहरू हुन् । यी सागपातहरूमा उच्च मात्रामा भिटामिन, खनिज तत्व, एण्टी–अक्सिडेण्ट र खाद्यरेशा पाइन्छ । यी खानेकुराहरू भिटामिन ‘के’ नाईटे«ट्सको पनि महत्वपूर्ण श्रोत हो ।

२. एवोकादो

पौष्टिकताको दृष्टीकोणले एवोकादोलाई अत्यन्त पोषक फलफूल मानिन्छ । एवोकादोमा उर्जा, ठूला पोषक तत्व र सूक्ष्म पोषक तत्वहरू आदिको राम्रो संयोजन छ । मुटुको स्वास्थ्यको लागि पनि अत्यन्त उपयोगी फल हो । यसमा मुटु स्वस्थ बनाउने मोनो–सेचूरेटेड फ्याट पाइन्छ । मोनो–सेचूरेटेड फ्याटले कोलेस्टेरोल कमगर्ने र प्लाक बन्न नदिने गर्दछ ।

३. बेरी–ऐसेलु

ब्ल्याकबेरी, स्ट्रोबेरी, रास्पबेरी (ऐसेलु), गोजीबेरी, ब्लूबेरी जस्ता बेरी प्रजातीका फलफूलहरू पनि मुटुको लागि अत्यन्त लाभदायका फलफूलहरू हुन् । यी फलफूलहरू मुख्यतः एन्थोक्यानीन पाइन्छ । एन्थोक्यानीनलाई मुटुरोग, क्यानसर, उच्चरक्तचाप, रक्तचिल्लोको गडबडी आदिलाई अत्यन्त राम्रो गर्दछ । एन्थोक्यानीन एउटा शक्तिशाली एण्टिअक्सिडेण्ट हो ।
४.ओखर

ओखर पनि मुटुको लागि अत्यन्त स्वस्थ्यकर फल हो । यसमा प्रर्याप्त मात्रामा खाद्यरेशा र सूक्ष्मपोषक तत्वहरू पाइन्छ । मुटुको लागि आवश्यक म्याग्नेसीयम, कपर र म्याग्निज पाइने हुँदा यस धातुलाई विशेष बनाएको छ । दैनिक ओखर खानेहरूलाई मुटु तथा रक्तनलीको रोग हुने संम्भावना अत्यन्त न्यून रहन्छ ।

५. बदाम

बदाम पनि उच्च मात्रामा खाद्यरेशा भएको खानेकुरा हो । यसमा पनि प्रशस्त मात्रामा खाद्यरेशा, प्रोटीन, स्वस्थकर मानोस्याचूरेटेड फ्याट, भिटामिन ई, म्याग्निज, म्याग्नेसियम जस्ता मुटुका लागि फाइदाकारक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

६. गोलभेंडा

गोलभेंडालाई परापूर्वक कालदेखि नै मुटुमैत्री तरकारीको रूपमा चित्रण गरिएको छ । गोलभेंडामा लाईपोकाईन्स नामक शक्तिशाली एण्टिअक्सिडेण्ट पाइन्छ । मुटु तथा रक्तनलीको रोग मूलतः अक्सिडेटिभ स्ट्रेसको कारणले हुने रोग भएकाले गोलभेंडाको सेवन अत्यन्त लाभदायक छ ।

७. लसुन

संसारमा विद्यमान धेरै चिकित्सा प्रणालीहरूमा लसुनलाई मुटु मैत्री औषधिका रूपमा प्रयोग गरिदै आइएको छ । लसुनमा एलिसिन, भिटामिन ‘सी’ र क्वारसेटिन लगाएतका एण्टिअस्किडेण्टहरू र म्याग्नीसिएम, सेलिनियम, म्याग्निज जस्ता एण्टिअक्सिडेण्ट ईन्जाईमकाको फैक्टरहरू पनि पाइन्छ ।

८. खरबुजा

खरबूजामा मुटुको लागि अत्यन्त उपयोगी लाईकोपाईन्स नामक एण्टिअक्सिडेण्ट पाइन्छ ।

९. आलस/चिया सिड/ भाङ्गको बीउ

आलस चिया सिड, भाङ्गको बीउमा प्रशस्त मात्रामा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ । ओमेगा– ३ का अलावा यी बीजमा प्रशस्त मात्रामा खाद्यरेशा र अन्य सूक्ष्म एवं ठूला पोषक तत्वहरू पाइन्छ । दैनिक एक चिया चम्चा अर्थात सात ग्राम खान सिफरिस गरिएको यी बीउहरूको दैनिक एक चम्चाको सेवनले नै धेरै रोगमा राम्रो गर्दछ ।

१०. सिमी/बोडी

सिमीको दानाको दाल वा हरियो सिमीको तरकारी दुबै मुटुको लागि अत्यन्त स्वस्थकर खानेकुरा हुन् । सिमीमा भएको कर्बोहाईड्रेस पनि मुटु मैत्री छ ।

११. जैतुनको तेल

ओलीभ आयल वा जैतुनको तेल पनि मुटु मैत्री तेल हो । यसमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्टहरू पाइन्छ ।

१२. जडीबुटीको काँढा

गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडीबुटीको काडाको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । -एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा