शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चिसो मौसममा सुन्तलाको सेवन गर्नुका फाईदै फाईदा, जान्नुहोस के के फाईदा छन् ..


  • शनिबार, मंसिर ११ २०७८
13.9K
SHARES

फाईल तस्बिर

चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ । चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ । छालाहरु सुख्खा हुन्छन् । पाचन प्रक्रिया कमजोर हुन थाल्छ । यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ र यस्ता समस्याहरुबाट पनि बचाउँछ ।

तौल घटाउन
सुन्तलामा फाइबर पाइन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ । घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ । र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ । यसकारण शरीरमा क्यालोरीको मात्रा कम हुन्छ । सुन्तलाको रसभन्दा यसको फल धेरै लाभदायी हुन्छ ।

रोग प्रतिरोधी क्षमता र छालाका लागि
चिसा दिनहरुमा छाला, स्वास्थ्य, पाचन प्रक्रिया आदि खराब हुने सम्भावना बढ्छ । सुन्तलामा पाइने भिटामिन सीले शरीरका किटाणुहरुलाई रोक्ने भएकाले यसले रोग प्रतिरोधी क्षमताको पनि काम गर्छ । सुन्तलामा हुने भिटामिन सीले शरीरलाई जवान देखाउने काम गर्छ ।

चिसो र रुघाखोकीबाट बचाउँछ
चिसो मौसममा रुघाखोकी जस्ता समस्या देखापर्नु सामान्य नै हो । त्यसैले चिसो मौसममा धेरै सुन्तला खान सकिन्छ । हार्बर्ड हेल्थ पब्लिशिङमा छापिएको एक अध्ययनका अनुसार चिसो र रुघाखोकीबाट बच्नका लागि भिटामिन सी धेरै नै फाइदाजनक हुन्छ । सुन्तलाको सेवनले चिसोबाट बच्न सकिन्छ

मुटुका लागि फाइदाजनक
अमेरिकी हार्ट एसोसिएसनको एक अध्ययनका अनुसार अमिलो खानेकुरा, सुन्तला, अंगुर जस्ता फलफूलले स्ट्रोक हुनबाट बचाउँछ । यसमा हुने फ्लेवोनोइड्सले मुटुको रोगहरुबाट बचाउँछ । यसको सेवनले रक्त कोशिकाहरुको कार्य क्षमता बढाउँछ ।

मिर्गौलामा हुने पथ्थरीको सम्भावना कम
पिसाबमा साइट्रेटको मात्रामा कमि आएमा मिर्गौलाको पथ्थरी हुने सम्भावना बढी हुन्छ । साइट्रेटमा एक प्रकारको साइट्रिक एसिड हुन्छ । पथ्थरीको आकार सानो भएको समयमा एक गिलास सुन्तलाको जुस पिउने गर्नुपर्छ । यसले पिसाबमा साइट्रेटको स्तर बढाउँछ । जसले पथ्थरी हुने सम्भावना कम हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा