शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?, अध्यान के भन्छ ?


  • बिहिबार, मंसिर ९ २०७८
14.2K
SHARES

संकेत तस्बिर

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। झन्डै दुई वर्षअघि प्रकाशित नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे २०१६ का अनुसार नेपालमा पहिलो यौनसम्पर्कको बेला महिलाहरूको औसत उमेर १७.९ वर्ष र पुरुषको २०.५ रहेको छ।

अधिकांश नेपालीहरूले विवाहपछि पहिलो यौनसम्पर्क राख्ने भएकाले महिलाको भन्दा पुरुषको औसत उमेर बढी भएको स्वास्थ्य मन्त्रालयको अध्ययनमा भनिएको छ।

पुरुषहरूले भने विवाहको ‍औसत उमेरभन्दा पहिलो यौनसम्पर्कको औसत उमेर एक वर्ष अगाडि भएबाट पुरुषले विवाह अगाडि नै यौनसम्पर्क राख्ने सो अध्ययनले देखाएको छ।

नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीनचौथाइले २० वर्ष पुग्दासम्म कौमार्य गुमाइसक्ने अध्ययनले देखाएको छ।

सो अध्ययनले १५ देखि २४ वर्षका सहभागी युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौनसम्पर्क राखिसकेको देखाएको छ।

नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।

ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।
ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ।

हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ। अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।

यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए। केहीले भने अगाडि नै यौनसम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए।

अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए।

झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए। -बीबीसीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा