मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

यौन दुर्बलता छ ? छ भने ग्यारेन्टी समाधान हुने घरेलु खानेकुरा आजैबाट खानुहोस्…


  • KTM Khabar
  • बुधबार, मंसिर ८ २०७८
1.4K
SHARES

फाइल तस्विर

यौन इच्छामा कमी हुनुलाई नै यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमी हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ । यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्वलताको संकेत हो । यो या त्यो जुनसुकै कारणले पनि महिला या पुरूष दुबैमा यौनको भोक नलाग्नु वा यौनको प्यास मेटन नसक्नु यौन दुर्वलता हो ।

यौन दुर्वलता गम्भीर विषय भएपनि यो प्राय गोप्य राखिन्छ । नेपाली संस्कारमा यौन र यौनसमस्यालाई संकुचित रुपमा हेर्ने गरिन्छ । सारिरिक सम्पर्कका बेला यौन उत्तेजना नभएको भन्दै धेरै दम्पतिमा खटपट हुने गरेको छ । यस्तो समस्याको समाधान अब घरेलु तरिकाबाट नै हुन्छ । यौन उत्तेजना बढाउन बिभिन्न खानेकुराहरुको प्रयोग गर्न सकिन्छ ।

मह
आफ्नो यौन क्षमता बढाउन मह खाने गर्नुहोस् । या महबाट बनेका खानेकुराहरु पनि खान सक्नुहुन्छ । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।

लसुन
प्राचीनकालदेखि नै यौन उत्तेजकको रुपमा लिईने लसुन सधै खाने गर्नुहोस् । अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्याधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।

अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ ।

खरभुजाः
खरभुजा यति उपयोगी हुन्छ भन्दा तपाइँलाई अचम्म लाग्ला । तर यसले भियाग्राले भन्दा कम प्रभावकारी काम गर्दैन । खरभुजामा सिट्रयूलाइन नामक तत्व हुन्छ जसले शरीरमा रक्तसञ्चार बढाउँछ र कामेच्छा पनि वृद्धी गर्छ ।

खुर्सानीः
हरियो, रातो वा कालो खुर्सानी नियमित सेवन गर्नाले सेक्स ड्राइभलाई सँधै ताजा राख्छ । खुर्सानीको सेवनले शरीरमा एण्डोर्फिन नामक रसायन बढ्छ र यौन चाहाना पनि सँधै ताजा रहन्छ । यौनिक क्षमता बढाउन खुर्सानी उपयोगी हुने चिकित्सकहरुको भनाइ छ ।

अनारः
अनार पनि यौन सन्तुलन कायम राख्ने उपयोगी फल हो । पुरुषमा हुने उत्तेजनाहिनको समस्या इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बच्न अनार निक्कै उपयोगी मानिएको छ । अनारको सेवनले शरीरमा रक्त सञ्चार पनि बढाउँछ ।

केराः
शरीरमा सेक्स हर्मोन कायम राख्नका लागि केरा निक्कै उपयोगी मानिन्छ । यसले शरीरमा स्ट्रेस घटाउन र हर्मोन बढाउन अहम भूमिका खेल्न चिकित्सकहरु बताउँछन् । त्यसै गरी केरा सेवन गर्दा यसमा हुने ब्रोमेलाइन नामक इन्जाइमले पुरुषमा कामेच्छा बढाउने बताइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा