मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

सातामा कतिपटक सेक्स गर्दा राम्राे हुन्छ ?


  • KTM Khabar
  • मंगलबार, मंसिर ७ २०७८
11.4K
SHARES

फाईल तस्बिर

तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ ।

समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् ।

हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ ।

अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ । दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ ।

अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त ?

तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ ।

निश्चय नै सेक्सका लागि कुनै नियम छैन । यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ ।

जस्तै तपाईका तीन चार वर्ष मुनिका तीन जनाभन्दा बढी सन्तान छन भने तपाईले चाहेर पनि नियमित सेक्स गर्न नसक्नुहोला । त्यस्तै कुनै अकल्पनिय घटना वा पीडामा हुनुहुन्छ भने तपाईको सेक्स आवृत्तिमा पनि अल्पबिराम लाग्ला ।

कामको थकानमा हुनुहुन्छ भने पनि सेक्सलाई अवश्य प्रभाव पार्छ । तर तपाई भर्खर २१औ बसन्त पार गर्दै हुनुहुन्छ र भर्खरै सम्बन्ध बढाउदै हुनुहुन्छ भने दिनमा एक पटक पनि थोरै हो ।

तपाईको तन्दुरुस्तीको तह, स्वास्थ्य अवस्था, तनाब, प्रतिबद्धता, करिअरप्रतिको दबाब, डिप्रेसन, उत्तेजना हुन सक्ने क्षमता, लगायत अनगगिन्ती तत्वले सेक्समा प्रभाव पार्छ् । एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा