शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकीसहित १० राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी


  • शुक्रबार, कार्तिक ५ २०७८
11.4K
SHARES

फाइल तस्विर

टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिएका छन् ।

टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि एर्दोगानले उनीहरुलाई देश निकाला गर्ने चेतावनी दिएका हुन् ।

मैले हाम्रो मुलुकमा उनीहरुलाई राख्न सक्दैनौं भनेर हाम्रा विदेशमन्त्रीलाई बताएको छु’, एर्दोगानलाई उदृत गर्दै टर्किस मिडियाले लेखेका छन् ।

सोमबार पश्चिमा मुलुकका १० राजदूतले संयुक्त विज्ञप्ति जारी गरेका थिए । बिरलै जारी हुने संयुक्त विज्ञप्तिमा समाजसेवी एवं अभियन्ता ओस्मान काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख छ ।

अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘काभालाको मुद्दा न्यायसंगत ढंगले तत्काल समाधान’ गर्न भनिएको छ ।

संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै ती राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो ।

पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा