शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चीनले आक्रमण गरे हामी ताइवानलाई जोगाउँछौ : बाइडेन


  • शुक्रबार, कार्तिक ५ २०७८
14.3K
SHARES

तस्विरः फाइल

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा ताइवानको रक्षार्थ अमेरिका खडा हुने बताएका छन् । ‘हो, हामीले त्यस्तो गर्ने प्रतिवद्धता गरेका छौं,’ ताइवानका विषयमा सोधिएको प्रश्नमा बाइडेनले भने ।  यसलाई चीनप्रतिको अमेरिकी विदेश नीति परिवर्तन भएको भनेर बुझ्न नमिल्ने ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन् । यता, ताइवानले पनि बाइडेनको यो अभिव्यक्तिले चीनप्रतिको आफ्नो पोजिसन परिवर्तन नहुने प्रतिक्रिया दिएको छ ।

लामो समयदेखि ताइवानको रक्षा गर्ने विषयमा अमेरिकी नीति अस्पष्ट छ । यदि, चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले कस्तो जवाफ फर्काउँछ भन्ने विषय अस्पष्ट छ ।  चीनले ताइवानलाई आफूबाट अलग्गिएको एक प्रान्तका रुपमा बुझ्छ, आवश्यक परेको दिन बल प्रयोग गरेर यसलाई आफ्नो मातहत ल्याउन सकिने चिनियाँ बुझाई छ । यता, ताइवानले आफुलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र ठान्छ ।

अमेरिका र ताइवानबीच आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध छैन । तर, ताइवान रिलेसन्स एक्टअन्तर्गत  उसले ताइवानलाई हतियार बेच्छ । यही ऐनमा ताइवानले आफ्नो रक्षा गर्न खोज्दा अमेरिकाले सहयोग गर्नैपर्ने उल्लेख छ ।
ताइवानका राष्ट्रपतिका प्रवक्ता जाभियर चेंगले आफ्नो रक्षाका लागि ताइवान प्रतिवद्ध रहेको बताएका छन् । त्यस्तै, बाइडेन प्रशासनले ताइवानको समर्थनमा निरन्तर रुपमा कडा अडान लिइरहेको विषय आफ्नो जानकारीमा आएको उनले बताएका छन् ।

बाइडेनले चीनसँगको अन्तर्राष्ट्रिय द्वन्द्वबारे आफु चिन्तित नरहेको बताएका थिए । उनले भनेका थिए, ‘चीन, रुस र बाँकी विश्वलाई थाहा छ कि हामी विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हौं ।’ पछिल्लो समय चीन र ताइवान बीचको तनाव बढ्दो छ । बेइजिङले केही अघिमात्रै ताइवानको एयर डिफेनस क्षेत्रमा दर्जनौं लडाकु विमानहरु पठाएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा