शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतमा कोरोना खोप लगाउनेको संख्या १ अर्ब नाघ्यो


  • बिहिबार, कार्तिक ४ २०७८
10.3K
SHARES

फाइल तस्विर

छिमेकी मुलुक भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नाघेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बिहीबार बिहानसम्म कोभिड-१९ विरुद्धको खोपको डोज लगाउने संख्या एक अर्ब नाघेको हो । खोप लगाउनेको संख्या एक अर्ब नाघेसँगै कोभिडविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण उपलब्धि हात पारेको छ ।

भारतमा जनवरी १६ देखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । शुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो भने फेब्रुअरी २ देखि अग्रपंक्तिमा खटिएका अन्य मानिसका लागि समेत खोप लगाउने व्यवस्था गरिएको थियो ।

मार्च १ गतेदेखि ६० वर्षमाथिका र विभिन्न स्वास्थ्य समस्या भएका ४५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो । अप्रिल १ गतेदेखि ४५ वर्षमाथिका सबैलाई खोप लगाउने व्यवस्था गरिएको थियो । त्यस्तै मे १ देखि १८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो ।

छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका व्यक्तिप्रति आधार व्यक्त गरेका छन् । कोभिड महामारीलाई जित्ने राष्ट्रिय प्रयास स्वरुप खोप अभियानमा महत्वपूर्ण उपलब्धि हासिल भएको अवसरमा उनले अग्रपंक्तिमा खटिएका सबै मानिसलाई धन्यवाद दिएका हुन् ।

‘भारतले इतिहास रचेको छ । भारतीय विज्ञान, इन्टरप्राइज र १३० करोड भारतीयको सामूहिक भावना विजयी भइरहेको देखिरहेका छौं’, मोदीको ट्विटर ह्वान्डलमा लेखिएको छ, ‘यो महान उपलब्धि हासिलका लागि क्रियाशील चिकित्सक, नर्स र अन्य सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’

एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा