आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, कयौं घाइते


  • KTM Khabar
  • बिहिबार, असोज २१ २०७८
703
SHARES

पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् ।

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको हरनेइ क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।

यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन । बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

भूकम्पले घरहरु भत्किएका र बाटो अवरुद्ध भएका दृष्य सामाजिक सन्जालमा सेयर गरिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार घरका छत र भित्ता भत्किंदा धेरै व्यक्तिहरु च्यापिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा