आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए


  • KTM Khabar
  • मंगलबार, असोज १९ २०७८
1.5K
SHARES

फाईल तस्बिर

फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन,At&t र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो ।

यी सबका बीच अमेरिकी सेयर बजारमा फेसबुकको सेयरको बिक्रि सुरु भयो र एकैदिनमा यसको मूल्यमा पाँच प्रतिशतको गिरावट आयो । मध्य सेप्टेम्बरदेखि हालसम्म यो सेयर १५ प्रतिशतसम्म खस्किसकेको छ ।

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार यसका कारण जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलर भएको छ । योसँगै उनी छैटौं स्थानमा पुगेका छन् । यसअघि उनी यो सूचीको चौथो स्थानमा थिए ।

करिब ६ घण्टाको अवरोधपछि बिहान करिब चार बजे आसपास फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका सेवा सुचारु हुन थालेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा