शनिबार, साउन ३० २०८३
ताजा अपडेट

उत्तर कोरियाद्वारा एक सातामा दोस्रो मिसाइल परीक्षण


  • शुक्रबार, असोज १५ २०७८
10.1K
SHARES

फाईल तस्बिर

उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो ।

केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो परीक्षणले अस्थिरता र असुरक्षाको आशंका बढाएको बताएका छन् ।

उत्तर कोरियाले भने आत्मरक्षाको लागि हतियारको आवश्यकता पर्ने बताएको छ । उसले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप पनि लगाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको परीक्षणले कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले हतियार निर्माणको कार्य नरोकेको देखिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले यो नयाँ एन्टि–एयरक्राफ्ट मिसाइलले निकै राम्रो युद्ध क्षमता प्रदर्शन गरेको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा