दूध सर्वसुलभ पोसिलो पदार्थ हो । दैनिक एक गिलास दूध पिउनु स्वास्थ्येका लागि राम्रो मानिन्छ । तर दूध पिउनुका पनि आफ्नै नियमहरू आयुर्वेदले बताउने गर्छ । जुनसुकै खानासँग दूध खाने हो भने अथवा दूध खाने बित्तिकै ती कुराहरू खाने हो भने शरीरमा हानी गर्छ। आज हामी दूध सँग खान नहुने खानेकुराको विषयमा चर्चा गर्दै छौ ।
कालो दालसँग दुध:
हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।
मूला, माछामासु जस्ता पदार्थसँग दुध :
दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।
नुन र करेलासँग दुध :
दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
तिलको सेवनसँग दुध :
दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ।
कागतीसँग दुध :
दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
खुर्सानी र मसलादार खानासँग दुध :
खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन्।
केरासँग दुध :
रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ।
दहीसँग दुध :
दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ। -विभिन्न पत्रपत्रिका बाट साभार