अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर कोरियाली राजदूतले वार्ताका लागि ढोका खुल्ला भएको बताएका छन् । उत्तर कोरियाले सोमबार मात्रै लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।
टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका बेला सुंग किमले सो कुरा बताएका हुन् । उनले भने, ‘एउटा कुरा स्पष्ट पार्न चाहन्छौं कि अमेरिकाको उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण भावना छैन ।
तीनै देशका राजदूतले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि चर्चा गरेका छन् । यसबाहेक उनीहरु आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायताको प्रस्ताव दिनेबारे पनि विचार गरिरहेका छन् ।
स्मरण रहोस् पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले उत्तर कोरियाका शासक किम जोङ उनसँग दुई वर्ष अघि कुराकानीको कोसिस गरेका थिए तर त्यसमा खासै सफलता हासिल गर्न सकेन ।
यस्तै, आइतबार उत्तर कोरियाले उसले लामो दुरीको नयाँ प्रकारको क्रुज मिसाइलको सफल परीक्षण गरेको हो ।
उत्तर कोरियाको सरकारी मिडियाले भनेको थियो शनिबार र आइतबार दुई मिसाइल सार्वजनिक गरियो जसले १५०० किलोमिटरभन्दा बढीको यात्रा तय गर्नसक्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।