शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

अमेरिकालाई टाउको दुखाई, अत्तर कोरिया द्वारा लामो दुरी मार हान्ने मिसाइल परीक्षण


  • KTM Khabar
  • सोमबार, भाद्र २८ २०७८
2.5K
SHARES

तस्विरः फाइल

उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । मिसाएल परिक्षण गरे संगै अमेरीकाले आपत्ती जनाएको खवरहरुमा उल्लेख छ । उत्तर कोरीयाले अमेरीकालाई समय समयमा आफ्नो सक्ति प्रदर्शन गर्दै आएको छ ।

सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय किलोमिटर टाढासम्म आक्रमण गर्न सक्छ ।

उत्तर कोरियाले यसअघि गत जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दै थिए ।

अहिले जापानको राजधानी टोकियोमा अमेरिका, जापान र दक्षिण कोरियाबीच उत्तर कोरियाको विषयमा छलफल गर्न गइरहेको बेला मिसाइल परीक्षण गरिएको छ ।

ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा