शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

१४ जनाको ज्यान लीने पाकिस्तानमा कस्तो चट्याङ ?


  • KTM Khabar
  • सोमबार, भाद्र २८ २०७८
2.6K
SHARES

तस्विरः फाइल

पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा भयङ्कर चट्याङ परेको छ । उक्त चट्याङबाट कम्तीमा १४ जनाले ज्यान गुमाएको खबर छ ।  दुई आवासीय भवनमा चट्याङ पर्दा उक्त मानवीय क्षति भएको हो । अरू तीन जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुई वटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।’ मृतकहरूमध्ये पाँच जना छन् ।

यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी बर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा