शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पत्याउनु हुन्छ, जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगान पूर्व मन्त्री


  • शुक्रबार, भाद्र ११ २०७८
8.9K
SHARES

तस्विरः फाइल

अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् । उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी आएका थिए ।

अलजजीरालाई उद्धृत गर्दै सआदतले दिएको जानकारी अनुसार उनले अघिल्लो वर्ष मात्रै सूचनामन्त्रीको पदबाट राजीनामा दिएका थिए । उनका र राष्ट्रपति अशरफ गनीबीच थुप्रै विषयमा मतभेद थिए । राजीनामा दिएर उनी केही समय देशमा नै बसे र डिसेम्बरमा जर्मनी गए । सुरुमा सबैकुरा राम्रै रह्यो तर पैसाको कमी हुन थालेपछि उनले पिज्जा डेलिभरी बोय बन्ने निश्चित गरे । डेलिभरीको काम गर्नमा आफूलाई कुनै किसिमको लज्जा र संकोच नभएको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा