शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

१३ अमेरिकी सैनिकको काबुलमा मृत्यु पछि बाइडेनको गर्जन, माफ गर्नेवाला छैनौं !


  • शुक्रबार, भाद्र ११ २०७८
17.1K
SHARES

तस्विरः फाइल

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ।

न्युयोर्क टाइम्सका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका यी दुई बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो।

अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता हुन लागेको अमेरिकी सैनिकले जाँदाजाँदै भोगेको यो वर्षौंपछिको ठूलो मानवीय क्षति हो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १३ जना सैनिकको मृत्यु भएको र  १५ जना घाइते भएको जनाएको छ।

सन् २०११ को अगस्टमा अमेरिकी सैनिकको एक हेलिकप्टर खसाल्दा ३० सैनिकले ज्यान गुमाएका थिए। त्यसपछि अफगानिस्तानमा कुनै एउटै घटनामा यति धेरै अमेरिकी सैनिकको मृत्यु भएको थिएन।

काबुलका स्वास्थ्य अधिकारीहरूले बिस्फोटमा मारिने सर्वसाधारणबारे फरक-फरक तथ्यांक दिएका छन्। केहीले ३० देखि ६० जना मारिएको बताएका छन् भने तालिबानका एक जना प्रवक्ताले १३ सर्वसाधारण मारिएको र ६० जना घाइते भएको बताएका छन्।

प्रत्यक्षदर्शीहरूले बिस्फोटस्थल वरपर महिला, बालबालिका र पुरुषहरूका शव छरपस्ट परेको बताएका छन्।

बिस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका छन्।

‘जसले यो बिस्फोट गरे र अमेरिकालाई हानी पुर्‍याउन चाहने जोसुकैले पनि थाहा पाइराख्नू हामी माफ दिनेवाला छैनौं न त बिर्सने छौं,’ बाइडेनले भने,‘हामी तिमीहरूलाई फेला पार्नेछौं र यसको मूल्य चुकाउन लगाउने छौं।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा