शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

इन्डोप्यासेफिक रणनीति कुनै मुलुकविरुद्ध लक्षित छैन : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस


  • मंगलबार, भाद्र ८ २०७८
9.5K
SHARES

फाइल तस्विर

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले चीनतर्फ संकेत गदै इन्डोप्यासेफिक रणनीतिक कुनै एक मुलुकविरुद्ध लक्षित नरहेको बताएकी छन् । चीनले सो रणनीति आफूविरुद्ध रहेको बताइरहेको बेला उनको सो अभिव्यक्ति आएको छ ।

एसिया प्रशान्त क्षेत्रको पहिलो भ्रमणका क्रममा सोमबार सिंगापुर पुगेकी ह्यारिसले इन्डोप्यासेफिक रणनीति कुनै एक मुलुक छनौट गर्नका लागि लक्षित नभएको उल्लेख गरिन् ।

विशेषत यस क्षेत्रका मुलुकले अमेरिका वा चीनमध्ये एक रोज्नुपर्ने बाध्यता आइपरेको भनी बहस भइरहेको समयमा अमेरिकी उच्च नेतृत्वबाट यस्तो अभिव्यक्ति आएको हो । सिंगापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्डोप्यासेफिक क्षेत्र आफूहरुको लागि निकै महत्वपूर्ण क्षेत्र भएको समेत बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा