शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आफ्नो सरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपील


  • शनिबार, भाद्र ५ २०७८
12K
SHARES

तस्विरः फाइल

तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् ।

शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने जनाएका हुन् ।

शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता निराधार भएको बताए ।

तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् ।

उनले अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह पनि गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा