शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पाकिस्तानमा पत्रकारले खाए राम धुलाई


  • शुक्रबार, भाद्र ४ २०७८
14K
SHARES

फाइल तस्विर

पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण भएको छ ।

इस्लामाबादमा आफ्नै निवासमा पत्रकार तथा ब्लगर असद अलि तुरमाथि आक्रमण तथा कुटपिट भएको हो । पहिचान नखुलेका तीन आक्रमणकारीले उनको अपार्टमेन्टमा कुटपिट तथा यातना दिएको बताईएको छ ।

अनुहारमा मास्क लगाएका ती आक्रमणकारीहरुले तुरलाई चिच्याएमा नसोचेको परिणाम दिने भन्दै धम्क्याएका थिए ।

इस्लामाबादमा अर्का पत्रकार तथा पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरणका प्रमुख अब्सर आलममाथि आक्रमण भएको करिब एक महिनापछि तुरमाथि आक्रमण भएको हो ।

पाकिस्तानमा पत्रकारमाथि आक्रमणको घटनाहरु दिन प्रतिदिन बढिरहेको छ । स्रोत गल्फ न्युज


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा