अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश ल्याइने बताएका छन् । उनले आवश्यक परे अफगानिस्तानमा अमेरिकी सेना यसअघि दिइएको अन्तिम म्यादसम्मै बस्न सक्ने बताएका छन् । तालिबानका लडाकुले उद्धारको पर्खाइमा रहेका मानिसलाई विमानस्थलमा आउन नदिएको समाचारसँगै बाइडनले यस्तो बताएका हुन् ।
बाइडन अगष्टको अन्तिमसम्ममा सबै अमेरिकी सैनिक फिर्ता ल्याउन चाहन्छन् । तर, अझै पनि अफगानिस्तानमा करीब १५ हजार अमेरिकी नागरिक फसेका छन् ।
एबीसी न्युजसँगको कुराकानीमा उनले अब अफगानिस्तानको हिंसा रोक्न नसक्ने बताएका छन् । अहिले अफगानिस्तानबाट अन्य मुलुकले आफ्ना नागरिक तथा आफूसँग काम गरेका मानिसहरुलाई धमाधम उद्धार गरिरहेका छन् ।
यद्यपि तालिबानले भने मानिसहरुलाई एयरपोर्ट जानबाट रोकिरहेको छ । मंगलबार एयरपोर्टतर्फ गइरहेका एक दोभाषेलाई तालिबानले खुट्टामा गोली हानेको थियो । केही अमेरिकी नागरिकले पनि आफूहरु तय गरिएको उद्धार उडानसम्म पुग्न नपाएको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।