अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ ।
काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई उनले गौरवको क्षण भनेका छन् ।
शरिया कानुन अनुसार महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको उनले बताए । उनले भने, महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुसँग कुनै भेदभाव गरिने छैन ।’
महिला अधिकारको बारेमा उठिरहेको प्रश्नको बारेमा उनले भने, ‘हामी महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं । महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन् ।’
धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार आफूहरुलाई भएको बताउँदै प्रवक्ता जबिहुल्लाहले भने, ‘अरु देशका अलग-अलग दृष्टिकोण, नियम र कानुन भएजस्तै हामी अफगानी नागरिकलाई हाम्रो नियम, कानुन तय गर्ने अधिकार छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।