शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने


  • सोमबार, साउन २५ २०७८
10.5K
SHARES

फाईल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता भएका छन।

भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्ने भएका छन। अगस्ट महीनाका लागि परिषद्को अध्यक्षमा भारत चुनिएपछि मोदीले अध्यक्षतामा रुचि देखाएका हुन।

नेपाली समयानुसार आज बेलुका हुने सम्मेलनमा सामुन्द्रीक सुरक्षाको विषयमा छलफल हुने जनाइएको छ । मोदी सुरक्षा परिषद्को अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनेछन ।

भारतले आफ्नो अध्यक्षताको कार्यकालमा सामुन्द्रीक सुरक्षा, शान्ति सेनामा सहभागिता र प्रतिआतंकवाद जस्ता मुद्दामा छलफल चलाउने भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा