शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अफगानिस्तान : २४ घण्टाभित्र दोस्रो प्रान्तीय राजधानी तालिबानको कब्जामा


  • आइतबार, साउन २४ २०७८
16.7K
SHARES

फाइल तस्विर

तालिबान विद्रोहीहरूले सेबेरघान सहरमाथि कब्जा जमाएका छन् । विद्रोहीले २४ घण्टाभित्र दोस्रो प्रान्तीय राजधानीमाथि कब्जा जमाएको सहरका डेप्यूटी गभर्नरले जानकारी दिएका छन् ।

जवजान प्रान्तको राजधानी सेबेरघनका डेप्यूटी गभर्नर कादेर मालियाका अनुसार सरकारी फौज र अधिकारीहरू यति बेला उत्तरी अफगान सहरको विमानस्थलमा एकीकृत भएका छन् । उनीहरूले त्यहाँ आफूलाई जोगाउने प्रयास गरिरहेका छन् । ‘दुर्भाग्यवश सहर ढल्यो,’ मालियाले एएफपीलाई भने, ‘सरकारी फौज र अधिकारी भागेर विमानस्थलमा पुगेका छन् ।’

लिबानले पनि सेबेरघन सहर आफ्नो कब्जामा आएको विज्ञप्ति जारी गरेको छ । सरकारले भने तालिबानले सहरमा पूर्ण रूपमा नियन्त्रण कायम गरिनसकेको दाबी गरेको छ । गृह मन्त्रालयले ‘काउन्टर’ कारबाही गर्नका लागि त्यस क्षेत्रमा थप सेना, विशेष फौज पठाउनुका साथै हवाई कारबाही पनि सुरु गरिएको बताएको छ ।

प्रान्तीय काउन्सिलर विस्मिल्लाह साहिलले तालिबानले गर्भनरको कार्यालय, प्रहरी हेडक्वार्टर र केन्द्रीय कारागारमा कब्जा गरेको बताएका छन् । सरकारी फौजले विमानस्थल लगायत स्थानमा विद्रोहीसँग भिडन्त गरिरहेको जवजानका सांसद करिम जवजानीले जानकारी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा