शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

काँग्रेसलाई कस्तो नेतृत्व चाहिएको छ काठमाडौँ क्षेत्र नं.४ मा ?


  • इन्द्र बहादुर थापा
  • आइतबार, साउन १७ २०७८
18.1K
SHARES

लेखक इन्द्र बहादुर थापा

नेपाली काँग्रेसको १४ औँ माधिवेशन संघारमा आउँदै गर्दा देशैभरी नेता तथा कार्यकर्ताहरुमा नेतृत्व छनौटलाई लिएर विस्तृत विचारविर्मष भइरहेको छ । देशको राजधानी काठमाडौँमा त झनै गहनतम चिन्तन मनन भइरहेको छ । यो स्वभाविक र अपरिहार्य पनि छ किन कि काँग्रेसको हातमा देशको संवृद्धिको मानचित्र छ भन्ने जनताको विश्वास छ ।

हाम्रो काठमाडौँ क्षेत्र नं. ४ मा पनि विस्तारै नेतृत्वको सन्दर्भमा विभिन्न फोरमहरु मार्फत विचारहरु उजागर भइरहेका छन् । अहिलेको सन्दर्भमा विभिन्न कोणबाट यसलाई नियाल्न पनि जरुरी छ ।

नेपाली काँग्रेसको एउटा सिपाइँ भएको नाताले मलाई पनि यस उपर केही जिज्ञासाहरु राख्न मन लाग्यो अनि कलम समातेँ । अधिवेशनको सन्दर्भमा नेतृत्व लिन पाए हुन्थ्यो भन्ने पार्टी कार्यकर्ता तथा नेताहरुमा एक प्रकारको उत्सुक्ता, रौनकता र चाहना हुन्छ । तर, नेतृत्वको वग्गी चलाउन फगत चाहनाले मात्र पुग्दैन । खास कौसल, क्षमता र लक्ष्य हुनु जरुरी छ जस्तो लाग्छ मलाई ।

यतिखेर देश र पार्टी, दुवै अफ्ठ्यारो परिस्थितिबाट गुज्रीरहेको बेला हाम्रो क्षेत्र नं. ४ मा कस्तो नेतृत्व आवश्यक पर्दछ भन्ने विषयमा माथापच्चीसी गर्नुपर्छ । अहिले हाम्रो यस क्षेत्रमा पार्टीको अवस्था कस्तो छ ? यो महत्वपूर्ण प्रश्न हो । सरसर्ती हेर्दा यस क्षेत्र अन्तरग रहेको हामीले बुढानीलकण्ठ नगरपालीकामा ठुलो हार व्याहोर्नु प¥र्याे । यसले एकहद सम्म पार्टीको अवस्थालाई उजागर गर्छ ।

नयाँ नेतृत्वको कुरा गरिरहेका छौँ तर, वास्तवमा कसले र कस्तो नेतृत्व गर्ने भन्दा पनि अहिले यहाँ हाम्रो पार्टीको धरातलीय अवस्था के कस्तो छ भनेर गहिरोसँग विश्लेषण गर्दै मुख्य आवश्यकता पहिचान गरी त्यसलाई सम्बोधन गर्न सक्ने खालको नेतृत्व हामीले चयन गर्नुपर्छ । अनि मात्र पार्टीले सफलता प्राप्त गर्छ ।

हामीले कसैलाई यात्रामा पठाउँदै छौँ भने सबैभन्दा पहिले किन यात्रा गरिदैँछ, यात्राको क्रममा के के चाहिन्छ, बाटो कस्तो छ ? आदि सबै कुराहरु निक्र्याेल गरी उचित पथप्रदशक छनौट गरेर पठाउनु पर्छ । यात्रा किन र कस्तो हुन्छ भन्ने थाहै नपाई, पथप्रदशक छनौटमा मात्र बढी ध्यान दिने, पथप्रदशक पनि म ठिक छु, म जान्छु भन्दै निस्कने हो भने यात्रा सफल सफल हुँदैन ।

अहिले नेतृत्व चयन गर्दै गर्दा आगामि दिनको यात्राको बारे गम्भीरता पूर्वक सोच्नुपर्छ ।

स्थानीय तहमा हाम्रो हातबाट सत्ता छिनेर विपक्षीहरुले हर्षबढाइँ गरिरहेका छन् । उनीहरु आफुलाई मजबुद बनाई रहेका छन् । जनतासँग सत्ताको झण्डा देखाउँदै नजिकको नाता बनाउन खोजी रहेका छन् । तर, हाम्र्रो पार्टीको अवस्था बलियो छैन यहाँ । हामीहरु आवश्यकता जति पनि चलायमान हुन सकिरहेका छैनौँ । त्यसका कारणहरु, कमीकमजोरीहरु पहिचान गर्दै अगाडि बढ्नुपर्छ । तसर्थ आगमि दिनको यात्रा कठिन नै हुनेछ । हामीले सही यात्री अर्थात नेतृत्व छनौट गर्न सकेनौँ भने फेरि पनि पश्चात हुने निश्चित प्राय छ ।

अहिलेको अवस्थामा नेतृत्व लिन चहाने व्यक्तिको वायोडाटा प्रचारप्रसार गरी नेतृत्वको दावी गर्नु भन्दा पनि महत्वपूर्ण त आउँदै गरेको पार्टीको चुनौतीलाई सामना गरी कसरी पार्टीलाई विजय गराएर अघि बढ्ने भन्ने सन्दर्भमा उसको भिजन के छ, मिसन के छ, भन्ने बुझ्न जरुरी छ । नेतृत्व लिनेहरुले त्यसलाई सार्वजनिक गर्नुपर्छ । आफ्ना साथीहरुलाई प्रष्ट पार्नुपर्छ । कार्यकर्ता र माथिल्लो तहका नेताहरुले त्यसबारे विचारविमर्ष गर्नुपर्छ ।

यदि हामीले हाम्रो मान्छे र राम्रो मान्छे भन्दै अमुख व्यक्तिलाई नेतृत्वको नाममा परिस्थितिहरुको मुल्यांकनै नगरी पिठूँ थापी दियौँ भने पार्टीले पराजय भोग्नुपर्छ । यसलाई हामी सबैले बुझ्न जरुरी छ ।

गएको चुनावमा हाम्रो क्षेत्रमा बुढानिलकण्ठ नगरपालीका भित्र धेरै वडाहरुमा पराजय भोग्नु प¥यो । के यसबारे हामीले गहन विचारविमर्ष गरेका छौँ ? कसरी यत्रो ठूलो पराजय भोग्नु प¥र्याे ? आगमि दिनमा कसरी पार्टीलाई विजय गराउने ? अबको नयाँ नेतृत्वले यी महत्वपूर्ण प्रश्नहरुको उत्तर बोकेर आउनुपर्छ ।

अर्काे तर्फ अहिले हाम्रो क्षेत्रमा सबै तहका संगठनहरु प्रभावकारी रुपमा चलायमान र उल्लेख्य भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । त्यसको समिक्षा गर्नुपर्छ । हाम्रो क्षेत्र प्रदेश क मा संगठन बलियो देखिए छ । प्रदेश ख मा पनि पार्टीको संगठनलाई त्यही तहमा पु¥याउन जरुरी छ ।
यी सबै कुराहरुलाई मध्य नजर राख्दै कार्यकर्तामा उत्साह भर्दै सम्पूर्ण काँग्रेसप्रेमीहरुलाई एकताबद्ध बनाएर रहर लाग्दो, भरलाग्दो र लोभलाग्दो पार्टी संगठन निर्माण गर्न सक्ने नेतृत्व छनौट नै अहिलेको प्रमुख आवश्यकता हो ।

लालकिल्लाको हुँकार दिनेहरुलाई सभ्य र विशिष्ठ जीतका साथ पाठ सिकाउनु पर्ने दायित्व पनि छँदैछ । अतः यी सबै तथ्यहरुलाई आत्मसाथ गर्न सक्ने वडादेखि क्षेत्रसम्मको नेतृत्व छनौट गर्नु नै यो १४ औँ माधिवेशनको एक मात्र लक्ष्य हुनुपर्दछ । त्यसलाई काँग्रेसीहरुले हृदयङ्गम गर्न जरुरी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा