शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला


  • आइतबार, साउन १७ २०७८
18.9K
SHARES

सांकेतिक तस्बिर

अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो ।

विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ ।

शनिबार राति भएको हमलामा कसैेले ज्यान गुमाएको समाचार भने बाहिरिएको छैन । हमलापछि सबै उडान रद्द गरिएको छ । तालिवानले हमला गरिरहेको हुनसक्ने आशंका गरिएको छ । किनकी, तालिवानी लडाकुहरुले हेरात, लस्कर गाह र कन्दहरलाई चारैतर्फबाट घेरा हालेका बेला यो आक्रमण भएको छ । कन्दहरमा अहिले अफगान सुरक्षा बल र तालिवानबीचको लडाँइ जारी छ ।

कन्दहर अफगानिस्तानको दोस्रो ठूलो शहर हो । अफगानिस्तानको सेनालाई हतियार रासन पाउनका लागि पनि यस हवाई अड्डाको उपयोग हुन्छ ।

त्यहीकारण यस विमानस्थललाई कब्जामा लिएर अफगानी सेनालाई मिल्ने मद्दतलाई रोक्ने तालिवानको योजना थियो । पछिल्ला दुई–तीन सातादेखि अफगानिस्तानले यस इलाकामा हमला बढाएको छ ।

अफगानिस्तान नेशनल डिफेन्स सेक्युरिटिज फोर्सेजले अमेरिकी सेनाको सहयोग लिदैं तालिवानको कब्जामा रहेका कतिपय गाउँहरु खालि गराइसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा