शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

तालिबानलाई सहर पस्नबाट रोक्न अफगानिस्तानमा कर्फ्यू जारी


  • आइतबार, साउन १० २०७८
12.1K
SHARES

फाईल तस्बिर

अफगानिस्तान सरकारले तालिबानको आक्रामकतालाई ध्यानमा राख्दै लगभग पुरै अफगानिस्तानमा कर्फ्यू लागू गरेको छ । यसको उद्देश्य तीव्र गतिमा अघि बढिरहेको तालिबान लडाकुहरूलाई सहरमा पस्नबाट रोक्नु हो ।

काबुलसमेत दुई अन्य प्रान्त छाडेर अफगानिस्तानमा राति १० बजेदेखि लिएर बिहान ४ बजेसम्म कुनै प्रकारको आवागमनलाई बन्देज लगाइएको छ । अमेरिकी र नेटोका सेना फिर्ता हुन थालेपछि पछिल्लो दुई महिनामा तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन सुरु गरेको छ । तालिबानले अहिलेसम्म आधा अफगानिस्तानमा कब्जा जमाइसकेको बताइन्छ ।

स्पिन बोल्डान इलाकादेखि लिएर कयौँ जिल्लामा दुई पक्षबीच लगातार भिडन्त जारी रहेको छ । केही समयअघि सो क्षेत्रमा पुलिज्तर पुरस्कार विजेता भारतीय पत्रकार दानिश सिद्दीकीको मृत्यु भएको थियो । यसपछि काबुलस्थित भारतीय दूतावासले एक पटक फेरि अफगानिस्तानमा रहेका भारतीयहरूका लागि नयाँ चेतावनी जारी गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा