बुधबार, साउन १३ २०७८
ताजा अपडेट

पाकिस्तानमा टीकटकमा प्रतिबन्ध, समलैंगिकता र नग्नतालाई पश्रय दिएको आरोप


  • KTM Khabar
  • बुधबार, साउन ६ २०७८
912
SHARES

फाइल तस्विर

अनुपयुक्त कन्टेन्ट समावेश गरेको भन्दै पाकिस्तानले चिनियाँ भिडिओ साझेदारी एप टीकटकलाई प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समय पाकिस्तानमा चिनियाँ एपले त्यहाँको सरकारसँग कानूनी लडाइ लडिरहेको छ ।

धार्मिक आस्थामा टीकटकले चोट दिएको भन्दै उसविरुद्ध मुद्दाहरु दायर भएका छन् ।

यसअघि पनि त्यहाँको प्रान्तिय अदालतको आदेशमा दुई दिन टीकटकलाई प्रतिबन्ध लगाइएको थियो । तर, अभिव्यक्ति स्वतन्त्रताका पक्षपातिले चाहिँ इन्टरनेट र मिडियालाई नियन्त्रण गरेको भन्दै पाकिस्तानी सरकारको विरोध गरेका छन् ।

पछिल्लो समय पाकिस्तानमा टीकटकको लोकप्रियता बढिरहेको थियो र पाकिस्तानीले यही प्लेटफर्मबाट सामानहरु विक्री पनि गरेका थिए । तर, धार्मिक कट्टरपन्थी मुलुकले टीकटकले समलिंगी समुदाय र नग्नतालाई पश्रय दिएको आरोप खेपिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा