बुधबार, साउन १३ २०७८
ताजा अपडेट

क्युबाका जनतालाई कम्युनिष्ट शासन मन पर्न छोड्यो, ६० वर्षपछि कम्युनिष्ट शासनविरूद्ध प्रदर्शन


  • KTM Khabar
  • मंगलबार, साउन ५ २०७८
1.3K
SHARES

फाइल तस्विर

कम्युनिष्ट शासन चलाइरहेको क्युबा पछिल्लो ६ दशकदेखि शान्त थियो। अरू प्रजातान्त्रिक मुलुकहरूमा हुनेजस्ता प्रदर्शन र आन्दोलन त्यहाँ हुँदैन थिए।

सुरूमा फिडेल क्यास्ट्रो र पछि उनका भाइ राहुल क्यास्ट्रोले कम्युनिष्ट शासन चलाएको क्युबामा स्वास्थ्य प्रणालीले निकै मजबुद् भएको मानिन्थ्यो।  रेमिट्यान्स र पर्यटनबाट हुने आम्दानीले नागरिकलाई खान-लाउन पुगेकै थियो। कम्युनिष्ट शासन मन नपराउनेहरू अनेक बहानामा भागेर अमेरिकामा शरण लिन्थे।

जुलाईको दोस्रो सातादेखि भने राजधानी हवानासहित देशभरि मुख्य सहरमा क्युबालीहरू सडकमा निस्किए। कम्युनिष्ट सरकारविरोधी नारा लगाएका उनीहरूमध्ये केहीले प्रहरीमाथि ढुंगा हाने। केहीले पसलमा लुटपाट गरे। पश्चिमी सहर सान आन्तोनियो डे लस बानोसबाट सुरू भएको आन्दोलन केही दिनमै ४० सहरमा फैलियो।

कम्युनिष्ट शासन स्थापना भएको छ दशकपछि क्युबालीहरू सरकारविरूद्ध सडकमा निस्किएपछि शान्त तलाउमा ढुंगा हानेजस्तो तरंग आएको छ। संसारभरिबाट क्युबालीको आन्दोलनलाई चासोका साथ हेरिएको छ।

नेपालको संसदमा पनि यस विषयमा कुरा उठेको छ।

गत आइतबार बसेको दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले यसबारे बोलेका थिए।

‘अहिले संयुक्त राज्य अमेरिकाबाट  पालित-पोषितहरूले क्युबामा त्यहाँको क्रान्तिकारी सरकारको विरोधमा प्रदर्शन गरेको समाचारहरू प्राप्त भएको छ। संयुक्त राज्य अमेरिका साम्राज्यवादले क्युबामा  ६० वर्षभन्दा अगाडिदेखि नाकाबन्दी लगाएको  र अहिले अघोषित साइबर युद्ध चलाएको हुनाले अहिले त्यहाँका क्रान्तिकारी नेताहरू र जनताहरू लाखौं संख्यामा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्।’

६० वर्षपछि आन्दोलन गर्न सडकमा आएका क्युबालीलाई कम्युनिष्ट सरकारले शान्त पार्न सक्छ कि उनीहरू कम्युनिष्ट शासन हल्लाइदिन्छन् भन्ने हेर्न बाँकी छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा