बुधबार, साउन १३ २०७८
ताजा अपडेट

इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु


  • KTM Khabar
  • मंगलबार, साउन ५ २०७८
1K
SHARES

साङ्केतिक तस्बिर

इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो । यो विस्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घातक ठानिएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।

इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा