शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अफगान राष्ट्रपति घानीको प्रश्न– तालिबान कसका लागि लडिरहेका छन् ?


  • सोमबार, साउन ४ २०७८
9.7K
SHARES

फाइल तस्वि

अफगानिस्तानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति अशरफ घानीले अहिलेको हिंसाको निरन्तरताका लागि तालिवान जिम्मेवार भएको बताएका छन् । उनले प्रश्न गरेका छन्, ‘तालिबानहरु कसको पक्ष लिइरहेका छन् ? देशको विनाश भयो भने कसलाई फाइदा हुन्छ ?’

खोस्ट प्रान्तमा भएको भेलालाई सम्बोधन गर्दै घानीले स्वतन्त्रता, गणतन्त्र र सहअस्तित्वका लागि एकजुट भएर बस्नसमेत आग्रह गरेका छन् । अफगानिस्तानमा हिंसा बढेपछि राष्ट्रपति घानीले यस्तो बताएका हुन् ।

संयुक्त राज्य अमेरिकाले आफ्नो सेना फिर्ता लिन सुरु गर्दै सेप्टेम्बरसम्ममा सबै सेनाहरु पूर्णरुपमा फिर्ता गरिसक्ने घोषणा गरेपछि अफगानिस्तानमा तालिबानीहरुले आक्रमणलाई तीव्र पारेका छन् ।

‘तालिबान युद्धको निरन्तरताका लागि जिम्मेवार छ,’ घानीले भने, ‘तालिवानलाई सोध्नु पर्छ कि उनीहरू कसका लागि लडिरहेका छन् ? अफगानिस्तान बर्बाद भयो र अफगानी नागरिक मारिएमा कसलाई फाइदा हुन्छ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा