शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दक्षिण अफ्रिकामा भड्कियो दंगा, ७२ जनाको मृत्यु


  • बुधबार, असार ३० २०७८
8.7K
SHARES

फाइल तस्विर

पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि दक्षिण अफ्रिकामा भड्किएको दंगामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

हिंसा बढेपछि देशका विभिन्न भागमा सेना परिचालन भए पनि जुमा समर्थकको प्रदर्शन र लुटपाट रोकिएको छैन ।

सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति लुटपाटका क्रममा भएको भागदौडमा १० जनाको मृत्यु भएको छ । भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँएको बीबीसीले जनाएको छ । भीडमा रहेकाहरुले समातेपछि शिशुको उद्धार गरेका थिए ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाइएको थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा