शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतको उत्तर प्रदेशमा चट्याङबाट ४२ को मृत्यु


  • सोमबार, असार २८ २०७८
7.7K
SHARES

फाइल तस्विर

भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको थियो । जसको कारण फरक-फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृत्यु भएको समाचारमा उल्लेख छ ।

मृत्यु हुनेमध्ये १३ जना प्रयागराजका मानिसहरु छन् । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । र प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चार/चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथले तत्काल घटनास्थलमा पुगेर सहायता प्रदान गर्न र घाइते भएका मानिसहरुले उचित उपचार गर्न आदेश जारी गरेका छन् । प्रयागराजका साथै कानपुर देहातमा पनि पाँच जनाको मृत्यु भएको छ । फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको छ ।

त्यस्तै राजस्थानमा पनि चट्याङको कारण केही मानिसहरुको मृत्यु भउको छ । राजस्थानको कोटा जिल्लामा चार र धौलापुरमा तीन बालबालिकाको मृत्यु भएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पनि घटनामा दुःख व्यक्त गरेका छन् ।

राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले भने, ‘स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृत्यु भएको छ ।’

एजेन्सीहरुको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा