बुधबार, साउन १३ २०७८
ताजा अपडेट

इम्युनिटी बढाउन खाली पेटमा यी ३ चीजहरू खानुहोस्


  • KTM Khabar
  • मंगलबार, असार २२ २०७८
2.9K
SHARES

फाईल तस्बिर

रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) बढाउन धेरै किसिमका खानेकुराहरू रहेका छन् । आज हामी एजेन्सीको सहयोगमा खाली पेटमा ३ चीजहरू नियमित सेवन गरेर रोग प्रतिरोधी क्षमता बढाउने विषयमा चर्चा गरेका छौँ ।

मह

दैनिक रूपमा खाली पेटमा महको सेवन गर्दा शरीरको रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । महमा भिटामिन सी, भिटामिन बी, राइबोफ्लेविन, कार्बोहाइड्रेट र एन्टी–ऑक्सीडेन्ट रहेको हुन्छ । यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अमला

अमलालाई धेरै अर्थमा बहुगुणकारी फल मानिन्छ । यो फलमा भिटामिन सी र एन्टि अक्सिडेन्ट लगायत धेरै पौष्टिक तत्त्वहरू पाइन्छ । रोग प्रतिरोधी क्षमता बढाउन भिटामिन सी र एन्टि अक्सिडेन्टले धेरै नै मद्दत गर्छ । अमलालाई दैनिक बिहान खाली पेटमा सेवन गर्नु भयो भने तपाईँलाई भाइरल ब्याक्टेरियाबाट हुने सङ्क्रमणहरू कमै हुने गर्छ ।

लसुन

धेरै किसिमको औषधीय गुण रहेको लसुनमा यान्टिबायोटिक र एन्टि ब्याक्टेरियल गुण पनि रहेको हुन्छ । लसुनमा भएको यो गुणले शरीरमा रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बिहान खाली पेटमा २ पोटी लसुन नियमित सेवन गर्ने हो भने यसले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै रक्तचापलाई समेत नियन्त्रण गर्न मद्दत गर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा