बुधबार, साउन १३ २०७८
ताजा अपडेट

बोजोको प्रयोग गर्नुका फाइदाहरु


  • KTM Khabar
  • मंगलबार, असार २२ २०७८
2.5K
SHARES

फाईल तस्बिर

मनिसहरुले पहिले पहिले औषधीको साटो बिभिन्न जडिबुटीहरु प्रयोग गर्दथे । समय परिवर्तनसँगै बिभिन्न औषधीहरु अहिले उत्पादन भईरहेका छन् ।

आज हामी तपाईहरुलाई घरघरमा पाईने जडिबुटी बोजोका फाईदाहरुका बारेमा दिन्छौँ । बोजो चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । यसरी प्रयोग गर्नाले यस किसिमका बिभिन्न रोगहरुबाट राहत पाउन सकिन्छ ।

१. हाम्रो घर आँगनमा पाईने बोझोको सेवन गर्नाले खोकी ठीक हुन्छ

२. शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ ।

३. खाँदा नमिठो स्वाद अनि आंशिक रुपमा पिरो भए पनि यसले पेट दुखेको अवस्थामा सेवन गर्दा शरीरलाई आरम मिल्दछ ।

४. मानसिक तनाव कम गर्नका लागि पनि बोझो सेवन गर्न सकिन्छ ।

५. हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।

६. बोझोले स्मरणशक्ति बढाउँदछ ।

७. उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।

८. बोझो दम रोगका लागि पनि प्रभावकारी मानिन्छ । बोझोको सेवनले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्दछ ।

९. घाँटी दुखेको बेलामा बोझा सेवन गर्नाले ठिक हुन्छ।

१०. पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा