बुधबार, साउन १३ २०७८
ताजा अपडेट

मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ


  • KTM Khabar
  • आइतबार, असार २० २०७८
2.5K
SHARES

फाईल तस्बिर

आयुर्वेदिक गुणले भरिएको ल्वाङ औषधीका साथै अधिकाशं नेपाली भान्सामा पाइने मसलाको प्रकार हो । यसमा दाँत, मुखको समस्या र दुर्गन्ध हटाउने क्षमताका साथै कामोत्तेजक गुणसमेत प्राप्त गर्न सकिन्छ ।

ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, वाष्पशील तेल, बोसोजस्ता तत्वहरू हुन्छ । खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ए र सी पाइन्छ । यसलाई काढा, चूर्ण वा तेल सबै रूपमा उपयोग गर्न सकिन्छ ।

१. ल्वाङ अपच, अतिसार आदिमा प्रभावकारी हुन्छ ।
२. पाचन क्रियालाई राम्रो बनाउन ल्वाङको सेवन एकदमै लाभदायी मानिन्छ ।
३. वान्ता भएका बेला भुटेको ल्वाङको चूर्ण महमा मिसाएर खानाले तुरुन्त फाइदा हुन्छ ।
४. हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी हुन्छ ।
५. चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा हुन्जेल उमाल्नुपर्छ । यो पानी चिसो भएपछि खानाले हैजामा लगत्तै नियन्त्रण
आउँदै जान्छ ।
६. दम भएका बेलासमेत ल्वाङ उपयोगी हुन्छ ।
७. यसकालागि पाँच वटा ल्वाङलाई ३० मिलिलिटर पानीमा उमाल्नुपर्छ । यसको काढा बनेपछि महमा मिलाएर दिनहुँ तीन पटकसम्म खानाले
छातीमा जमेको कफ निस्कन्छ । विभिन्न एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा